Kathmandu Press

वरिष्ठ नेता पौडेलद्वारा पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

काठमाडौं, साउन ३ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिराबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्र....

वरिष्ठ नेता पौडेलद्वारा पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

काठमाडौं, साउन ३ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिराबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्रबार राहत रकम प्रदान गरेका छन् ।

श्रीमती, छोरा र बुहारीको पहिराबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो । उक्त रकम वरिष्ठ नेता पौडेलले शुक्रबार पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गरे। पहिरामा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत छन् ।

Hardik ivf

पहिरामा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो । कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन् । पहिराबाट ज्यान गुमाएकाका तीन जना मृतकको जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार र घाइतेको उपचारका लागि रु २५ हजार गरी कूल रु एक लाख ७५ हजार वरिष्ठ नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गरेका हुन् ।

सो क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष सुरेश थापा लगायत सहभागी थिए । नगरपालिकाले पहिराबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक रु ५० हजार र घाइतेको उपचारका लागि रु ४० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही क्रममा वरिष्ठ नेता पौडेलले पहिराले पुरिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । 

प्रकाशित मिति: ०९:१६ बजे, शनिबार, साउन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्