Kathmandu Press

कोरोना महामारीबाट विश्वभर ६ लाखले ज्यान गुमाए 

काठमाडौं, साउन ३ : कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अ....

कोरोना महामारीबाट विश्वभर ६ लाखले ज्यान गुमाए 

काठमाडौं, साउन ३ : कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भएको हो ।

यसैगरी संसारभरमा १ करोड ४१ लाख ८९ हजार मानिस यसबाट संक्रमित बनेका छन् । सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा ३७ लाख ७० हजार व्यक्ति यसबाट संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख ४२ हजारको मृत्यु भएको छ ।

Hardik ivf

दोस्रो स्थानमा रहेको ब्राजिलमा २० लाख ४८ हजार संक्रमित र ७७ हजार ९ सयको मृत्यु भएको छ ।  भारत सबैभन्दा बढी संक्रमित हुने तेस्रो मुलुकमा रहँदा त्यहाँ १० लाख ४० हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

मृतक भने २६ हजार नाघेको छ । यसैगरी विश्वभर ८४ लाख वढी उपचारपछि निको भएका छन् । 

प्रकाशित मिति: ०८:४३ बजे, शनिबार, साउन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्