Kathmandu Press

कांग्रेस पूर्वसांसद गुरुङको निधन

काठमाडौं, साउन २ : नेपाली कांग्रेस पूर्वसांसद दिपक बहादुर गुरुङको निधन भएको छ । 

लामो समयदेखि मिर्गौला रोगबाट पीडित गुरुङको नर्भिक अस्प....

कांग्रेस पूर्वसांसद गुरुङको निधन

काठमाडौं, साउन २ : नेपाली कांग्रेस पूर्वसांसद दिपक बहादुर गुरुङको निधन भएको छ । 

लामो समयदेखि मिर्गौला रोगबाट पीडित गुरुङको नर्भिक अस्पतालको उपचारका क्रममा शुक्रबार निधन भएको हो। उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका थिए। गुरूङ कांग्रेसको भ्रातृ संस्था भूतपूर्व सैनिक संघको तीन कार्यकाल सभापति भएका थिए। 

ब्रिटिश सेनाको मेजरबाट अवकाश पाएपछि उनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए।

यो पनि पढ्नुस् : ‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्