Kathmandu Press

मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु

मुम्बई, साउन २ : भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ। 

दुई फर....

मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु

मुम्बई, साउन २ : भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ। 

दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका छन्। अरु केही व्यक्ति पुरिएको आशंका गरिएको छ। तर यसको विस्तृत विवरण भने आएको छैन।

Hardik ivf

मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँच जनाको ज्यान गएको छ। मुम्बइमा तीन दिनदेखि भएको भारी वर्षा अझै जारी रहेको छ। सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ। 

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। मुम्बइको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो। भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन्। 

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ। मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिएका थिए। मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ। 

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जिवीतै उद्वार गरिएको पनि जनाएका छन्। त्यसैगरी मुम्बइकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ। सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले  जानकारी दिएका छन्। 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, साउन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्