Kathmandu Press

अमेरिकी राष्ट्रिय दिवसमा अमेरिका-नेपाल साझेदारीमा जोड

काठमाडौं, चैत ८ : उपराष्ट्रपति नन्दकिशोर पुन र अमेरिकी राजदुत र्‍यान्डी बेरीले संयुक्त राज्य अमेरिका र नेपालबिचको बलियो, गहिरो, र निकट साझेदारीको ....

अमेरिकी राष्ट्रिय दिवसमा अमेरिका-नेपाल साझेदारीमा जोड
अमेरिकन दुतावास

काठमाडौं, चैत ८ : उपराष्ट्रपति नन्दकिशोर पुन र अमेरिकी राजदुत र्‍यान्डी बेरीले संयुक्त राज्य अमेरिका र नेपालबिचको बलियो, गहिरो, र निकट साझेदारीको निरन्तरताको प्रतिवद्धता दोहोराएका छन् । 

शुक्रबार अमेरिकाको २४३औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँस्थित फोहरा दरबारमा आयोजित कार्यक्रममा राजदूत बेरीले अमेरिका(नेपालबिचको ७२ वर्षको सम्बन्धलाई साझा लक्ष्य र गहिरो, सार्थक साझेदारीको परिणामस्वरूप सम्भव बनेको बताए ।

“हामीबिचको साझेदारी कुनै शर्त, ऋण वा कर्जामा बाँधिएर आउँदैन,” राजदुत बेरीले भने, “आगामी पाँच वर्षमा हामीले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको डेढ खर्ब रुपैयाँ बराबरको सहायता “नगद” वा “दातृ सहयोग” हुने छैन ।’ राजदुत बेरीले नेपाललाई समृद्ध र सुखी बन्न मद्दत गर्न अमेरिकन सरकारको सहायतामार्फत नेपालीहरूले अपनाउन तथा अवलम्बन गर्न विश्‍वव्यापी उत्कृष्ट अभ्यास, सीपमूलक तालिम, र नमुना प्रदान गरिने पनि बताए । 

उक्त कार्यक्रममा राजदूत बेरी, अमेरिकी नियोग उपप्रमुख, युएसएआईडी नेपाल निर्देशक, र दूतावासका सैनिक सहचारीले विभिन्न क्षेत्रमा कार्यरत सयौँ नेपाली अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुन र राजदूत बेरीले “कलर गार्ड” प्रस्तुतिकरणका साथै दुवै देशका राष्ट्रगानको अवलोकन गरेका थिए । 

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखमा मनाइने भए तापनि उक्त समयमा नेपालमा मनसुन पर्ने लगायतका विविध कारणले मार्च २२ मा मनाउने गरिएको छ ।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, चैत ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्