Kathmandu Press

१६ कलाकारको स्वरमा ‘मेरो देश नेपाल’

काठमाडौं, साउन २ : चर्चित १६ जना गायक–गायिकाको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ।

यस गीतमा प्रमो....

१६ कलाकारको स्वरमा ‘मेरो देश नेपाल’

काठमाडौं, साउन २ : चर्चित १६ जना गायक–गायिकाको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ।

यस गीतमा प्रमोद खरेल, राजेश पायल राई, अर्जुन पोखरेल, राजु परियार, निशान भट्टराई, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्ध लामा,  अस्मिता अधिकारी, समीक्षा अधिकारी, प्रवीण बेडवाल र किरण भुजेलको स्वर रहेको छ।

अम्बिका शर्माका शब्द रचना रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ।

अनिता चलाउनेको प्रस्तुति ‘मरो देश नेपाल’ गीतको म्युजिक भिडियो विधान कार्कीले निर्देशन गरेका छन्।

नेप्सिने कम्पनी र द डिभाइन म्युजिकको सहकार्यमा म्युजिक भिडियो बजारमा आएको छ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

 

 

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्