सरकार अधिनायकवादी बाटोतर्फ लम्कियोः थापा
काठमाडौं, ८ फागुन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादी बाटोमा लम्किएको आरोप लगाए....
काठमाडौं, ८ फागुन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादी बाटोमा लम्किएको आरोप लगाएका छन्।
सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेर अधिनायकवाद लाध्न खोजेको भन्दै उनले सामाजिक सञ्जाल नियन्त्रणका नाउमा नागरिकको बोल्न पाउने अधिकार समेत खोस्न लागेको आरोप लगाए।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओली संसदीय मूलय र मान्यतालाई लत्याउँदै योजनाबद्ध रुपमा अगाडि बढेको बताए। उनले संविधान नै संकटमा परेकाले आफूहरु संविधान बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्न लागि परेको बताए।
प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, चैत ८, २०७५
थप समाचार






