विश्वमा कोभिड १९ : एकै दिनमा साढे २ लाख संक्रमित थपिए
काठमाडौं, साउन २ : पछिल्लो २४ घण्टामा विश्वभर झण्डै साढे २ लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ४ सय ४५ जनामा नयाँ संक्रम....

काठमाडौं, साउन २ : पछिल्लो २४ घण्टामा विश्वभर झण्डै साढे २ लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ४ सय ४५ जनामा नयाँ संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख ३७ हजार ३ सय ३० पुगेको छ ।
वल्डोमिर्टसको अपडेट अनुसार यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै अमेरिकामा ७३ हजार ३ सय, ब्राजिलमा ४३ हजार ८ सय, भारतमा ३५ हजार ४ सय, दक्षिण अफ्रिकामा १३ हजार १ सय, रसियामा ६ हजार ४ सय र मेक्सिकोमा ६ हजार १ सय जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ३७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ लाख नजिक पुगेको छ। जसमध्ये ब्राजिलमा १२ सय ९९, अमेरिकामा ९ सय ६३, भारतमा ६ सय ८०, मेक्सिकोमा ५ सय ७९, दक्षिण अफ्रिकामा २ सय १६, कोलम्बियामा २ सय १५, पेरुमा १ सय ९८ र रसियामा १ सय ६७ जनाको मृत्यु भएको छ।
कूल संक्रमितमध्ये ८२ लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ५० लाख संक्रमित अझै पनि उपचाररत छन्।












