भारतमा एकैदिन सर्वाधिक ३५ हजारभन्दा बढी कोरोना संक्रमित
काठमाडौं, साउन २ : भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन बृद्धि भईरहेको छ ।
शुक्रबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक....

काठमाडौं, साउन २ : भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन बृद्धि भईरहेको छ ।
शुक्रबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित थपिदा त्यहाँ कुल संक्रमितको संख्या १० लाख ५ हजार ६३७ पुगेको छ ।
यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ३६ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ४३ हजार ४२६ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६८० जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको २५ हजार ६०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।












