Kathmandu Press

विप्लवजी, हिंसा छोडेर शान्तिपूर्ण बाटोमा आउनुस्ः प्रधानमन्त्री ओली

भैरहवा, ८ चैत:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको प....

विप्लवजी, हिंसा छोडेर शान्तिपूर्ण बाटोमा आउनुस्ः प्रधानमन्त्री ओली

भैरहवा, ८ चैत:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन्।

गौतमबुद्ध विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले विप्लव समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताए। उनले सीके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकाले सरकारले सम्झौता गरेको पनि बताए।

फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरिने बताए। 'लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ,'उनले भने।   

प्रधानमन्त्री ओलीले अब केही दिनमै पार्टी एकीकरणको काम टुंगोमा पुग्ने बताए। रासस

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, चैत ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्