Kathmandu Press

अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालको निधन

काठमाडौं, चैत ८ : अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालको निधन भएको छ । प्यांक्रियाजको रोगका कारण उनको शुक्रबार बिहान निधन भएको हो।

केही समयद....

अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालको निधन

काठमाडौं, चैत ८ : अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालको निधन भएको छ । प्यांक्रियाजको रोगका कारण उनको शुक्रबार बिहान निधन भएको हो।

केही समयदेखि प्यांक्रियाजमा समस्या देखिएका प्रा.डा.दाहाल उपचारत थिए । उनको  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार अस्पतालमा निधन भएको हो।

उनी चार दशकदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँदै आएका थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका प्रा.डा.दाहाल सरकारी वित्तका विज्ञ हुन्।

उनी नेपाल आर्थिक संघको पूर्वअध्यक्ष हुन् । प्रा.डा.दाहालले मेगा बैंक सञ्चालक समिति अध्यक्ष भएर पनि काम गरेका थिए।

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, चैत ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्