प्रधानमन्त्रीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन
बुटवल, चैत ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । उनले कामको ....
बुटवल, चैत ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । उनले कामको प्रगतिका बारेमा पनि जानकारी लिएका छन्।
शुक्रबार बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको बताए । उनले निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितको टोलीले विमानस्थलको स्थलगत अवलोकन गरेको हो।
आयोजना प्रमुख ई. प्रवेश अधिकारीले विमानस्थलको प्रगतिबारे जानकारी दिएका थिए । उनले ८० प्रतिशत काम सम्पन्न भएको बताए।
त्यस्तै, प्रधानमन्त्री ओलीले शुक्रबार नै तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल–नारायणगढ सडकखण्ड विस्तारको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।











