शेयर बजार आज अन्योल अवस्थामा
काठमाडाैं, असार २९ : बजार शून्य दशमलव १६ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक २ दशमलव १२ अंकले बढेर १३४२ दशमलव ४० को विन्दुमा बन्द भएको छ।
....काठमाडाैं, असार २९ : बजार शून्य दशमलव १६ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक २ दशमलव १२ अंकले बढेर १३४२ दशमलव ४० को विन्दुमा बन्द भएको छ।
१३४२ दशमलव ६० को विन्दुमा खुलेको दोस्रो बजार १३५२ दशमलव ६९ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३३४ दशमलव ०८ रहँदा १ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज लघुवित्त समूहमा लगानीकर्ताहरुको रुची रहेको देखिन्छ। लघुवित्त समूहमा सर्वाधिक २ दशमलव २० प्रतिशतको वृृद्धि रहेको छ। बंैकिङ समूहमा ० दशमलव ११ प्रतिशतको वृद्धि रहेको छ। होटल समूहमा सर्वाधिक १ दशमलव १२ प्रतिशतको गिरावट रहेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको १० करोड ७२ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल सेवा लघुवित्त शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने ओरियन्टल होटल्सका शेयरधनीले सर्वाधिक ६ दशमलव १० प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल १३६२ को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले ‘डोजी’ आकृति बनाएको छ। यसले आज बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको परिमाण सन्तोषजनक रहेको छ।
चित्र नं.२ : पाँच मिनेछ मैनबत्ती प्रवृत्ति
चित्र नं.२ मा, दुई कारोबार दिनको पाँच मिनेट मैनबत्तीको प्रवृत्ति देखाइएको छ। हिजो र आज बजार प्रवृत्तिहीन रहेको देखिन्छ। २१ र ५० समयावधिको ‘एक्पोनेन्सियल मुभिङ एभरेज’ले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५९ दशमलव ७२ अंकमा रहेको र यसले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा हालसम्म बजार सकारात्मक रहेको र यदि बजार १३६२ भन्दा माथि स्थिर रहेमा बजार अझ बढ्दो प्रवृत्तिमा हुन सक्ने संकेत गरेको छ। साथै, अर्को तत्कालीन मुख्य प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको सामान्य टेवा १३३३ को क्षेत्रमा रहेको देखिन्छ।