Kathmandu Press

साफ फुटबल जिते प्रत्येक खेलाडीलाई दुई लाख पुरस्कार

विराटनगर, चैत ८ : पाँचौ साफ महिला फुटबल प्रतियोगिताको उपाधि जिते प्रत्येक खेलाडीले दुई लाख पुरस्कार पाउने भएका छन्।

प्रदेश १ सरकारले उपाधि ज....

साफ फुटबल जिते प्रत्येक खेलाडीलाई दुई लाख पुरस्कार

विराटनगर, चैत ८ : पाँचौ साफ महिला फुटबल प्रतियोगिताको उपाधि जिते प्रत्येक खेलाडीले दुई लाख पुरस्कार पाउने भएका छन्।

प्रदेश १ सरकारले उपाधि जितेमा प्रत्येक खेलाडीलाई दुई लाख पुरस्कार दिने घोषणा गरेको हो ।

नेपालमा पहिलो पटक आयोजना भएको साफ महिला फुटबल प्रतियोगिताको आज विराटनगरको शहीद रंगशालामा फाइनल हुँदैछ । फाइनलमा नेपाल र भारत भिड्दै छन्।

प्रदेश १ को सरकारले शुक्रबार दुई लाख दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार, उपविजेतामै पनि नेपाली खेलाडीले एक–एक लाख पुरस्कार पाउँने छन्। खेलाडीको हौसल बढाउन नगद पुरस्कारको घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ।

 

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, चैत ८, २०७५