Kathmandu Press

लकडाउन खोलेको मेक्सिको कोरोनाबाट मर्नेहरुको सूचीमा चौथो नम्बरमा

काठमाडौं, असार २९ : कोरोना भाइरसको संक्रमण बढिरहेको समाचार लेखेको भन्दै राष्ट्रपतिले सञ्चारमाध्यमको आलोचना गर्दै आइरहेको मेक्सिकोमा मृत्यु हुनेको संख्....

लकडाउन खोलेको मेक्सिको कोरोनाबाट मर्नेहरुको सूचीमा चौथो नम्बरमा
एजेन्सी

काठमाडौं, असार २९ : कोरोना भाइरसको संक्रमण बढिरहेको समाचार लेखेको भन्दै राष्ट्रपतिले सञ्चारमाध्यमको आलोचना गर्दै आइरहेको मेक्सिकोमा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ। कोरोनाबाट मृत्यु हुने देशको सूचीमा मेक्सिको चौथो नम्बमा पुगेको छ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रस मेन्युल लोपेज ओब्रडर कोरोना भाइरसको संक्रमण बढिरहेको समाचार लेखेको भन्दै सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन्। कोरोना संक्रमण घटिरहेको भएपनि मिडियाले उचालिरहेको उनी आरोप लगाउँदै आएका छन्।

Hardik ivf

उनले गत सातामात्रै पनि संक्रमण कम हुँदै गएको पत्रकार सम्मेलनमा बताएका थिए। सञ्चारमाध्यमले त्रसित गरिरहेको भन्दै उनले लकडाउन पनि खोलेका थिए।

तर, मेक्सिकोमा कोरोनाबाट मर्नेहरुको संख्या अत्यधिक बढेको छ। सोमबारमात्रै दुई सय ७६ जनाको मृत्यु भएको छ। योसँगै मेक्सिकोमा मृत्यु हुनेको संख्या ३५ हजार ६ पुगेको छ। यो अमेरिका, ब्राजिल र बेलायतपछि चौथो भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ। इटालीलाई उछिन्दै मेक्सिको चौथो नम्बरमा पुगेको हो।

अमेरिकामा एक लाख ३७ हजार सात सय ८२, ब्राजिलमा ७२ हजार एक सय ५१, बेलायतमा ४४ हजार आठ सय १९ र इटालीमा ३४ हजार नौ सय ५४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा कोरोना संक्रमितको संख्या दुई लाख ९९ हजार सात ५० पुगेको छ। यसमध्ये एक लाख ८४ हजार सात सय ६४ जना निको भएका छन्।

अन्य उपाय नअपनाई लकडाउन मात्रै खोलेपछि मेक्सिकोमा संक्रमण बढ्न थालेको छ। आज मात्रै चार हजार चार सय ८२ जनामा कोरोना देखिएको छ।

 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्