Kathmandu Press

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज, असार २९ : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ। कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन्।

....
बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज, असार २९ : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ। कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन्।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीलाइृ कोरोना संक्रमण भएको थियो। साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बस्दै आएका छन्।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका छन्। उनको उपचार जारी छ। 

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। त्यस्तै कोरोना भाइरसको कारण एक हजार सात सय ५४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्