Kathmandu Press

पहिलोपटक मास्क लगाएर ट्रम्प कार्यक्रममा देखिए 

काठमाडौं, असार २८ : कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्।  ट्रम्प घाइते सैनिक भेट्न वाल्....

पहिलोपटक मास्क लगाएर ट्रम्प कार्यक्रममा देखिए 

काठमाडौं, असार २८ : कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्।  ट्रम्प घाइते सैनिक भेट्न वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन् ।

अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु ठूलो काम भएको उनले बताए।  आफू कहिल्यै मास्क विरोधी नभएको भन्दै ट्रम्पले स्थान विशेष र निश्चित समयमा मात्र यो आवश्यक पर्ने दावी गरेका छन्।  

ट्रम्पसँगै रहेका कर्मचारीहरु पनि यो पटक मास्क लगाएरै देखा परेका छन्।  महामारीका कारण मानवीय हताहति बढ्दै गएपनि मास्कको विपक्षमा देखिएका ट्रम्पलाई उनका सहयोगीहरुले निरन्तर मास्क लगाउन आग्रह गरेका थिए। 

प्रकाशित मिति: ०७:०७ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्