इङ्ल्यान्डका लेजेन्ड फुबटलर चार्लटनको निधन
काठमाडौं, असार २७ : इङ्ल्यान्ड लेजेन्ड फुबटलर ज्याक चार्लटनको निधन भएको छ। सन् १९६६ को विश्वकप विजेता इंग्लिस टिमका सदस्य चार्लटनको शुक्रबार राति....
काठमाडौं, असार २७ : इङ्ल्यान्ड लेजेन्ड फुबटलर ज्याक चार्लटनको निधन भएको छ। सन् १९६६ को विश्वकप विजेता इंग्लिस टिमका सदस्य चार्लटनको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको हो।
इंग्लिश फुटबल र इङ्ल्यान्डको दोस्रो डिभिजन क्लब लिड्स युनाइटेडले चार्लटनको निधन भएको पुष्टि गरेका छन् । चार्लटनको बेलायतको नार्थम्बरल्यान्डस्थित आफ्नै घरमा निधन भएको क्लब लिड्स युनाइटेडले जनाएको छ। आफ्ना महान खेलाडीको निधनमा इंग्ल्यान्ड फुटबल संघ र लिड्स युनाइटेडले दुःख व्यक्त गरेका छन्।
सन् १९६६ घरेलु मैदानम भएको विश्वकपमा इंग्ल्यान्डलाई उपाधि दिलाउन चार्लटनको भूमिका महत्वपूर्ण थियो। वेम्बलीमा भएको फाइलनमा जर्मनीलाई ४–२ ले पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको थियो। इंग्ल्यान्डको उपाधि यात्रामा चार्लटन डिफेन्सका टिमका मुख्य खेलाडी थिए।
चार्लटनले इंग्लिस राष्ट्रिष्य टिमबाट छोटो समय मात्र खेले। उनले सन् १९६५ देखि १९७०सम्म ३५ खेल खेल्दै ६ गोल गरेका छन्। चार्लटनले क्लब फुटबल लिड्स युनाइटेडबाट मात्र खेलेका थिए। त्यहाँ उनले १९५२ देखि १९७३ सम्म खेलेका थिए। त्यसबीचमा उनले ७६२ खेल खेल्दै ९५ गोल गरेका थिए। लिड्सबाट उनले फस्ट डिभिजन, एफए कप, फुटबल लिग कप, च्यारिटी शिल्डलगायतका उपधि जितेका छन्।