मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने
काठमाडौं, चैत ७ : मेडिकल कलेजहरूले जथाभावी लिइएको शुल्क फिर्ता गर्ने भएका छन्।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयक....

काठमाडौं, चैत ७ : मेडिकल कलेजहरूले जथाभावी लिइएको शुल्क फिर्ता गर्ने भएका छन्।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच शुल्क फिर्ता गराउने सहमति भएको छ । तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरू फिर्ता गर्न सहमत भएका हुन्।
जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई चैत ८ गतेसम्म फारम भर्न पाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने बताए।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा.तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल भएको हो।
विद्यार्थी संगठनले पनि तालाबन्दी खोल्ने भएका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मंगलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए ।
गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीले हालेको मुद्दा भने फिर्ता नहुने भएको छ । त्यो कानुनी कारवाहीको विषय भएकाले फिर्ता नलिने विद्यार्थीले जनाएका छन्।











