Kathmandu Press

सलह किरा किन्न पाँच लाख बजेट विनियोजन !

दमक, असार २७ : झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। 

सलहबाट कृषि क्षेत्रमा ह....

सलह किरा किन्न पाँच लाख बजेट विनियोजन !
फाइल

दमक, असार २७ : झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। 

सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए।

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उनले भने,“नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रूपैयाँ दिने योजना ल्याएका छौँ।” 

खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रूपैयाँका दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: ०८:३० बजे, शनिबार, असार २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्