कोरोनाबाट ब्राजिलमा एकै दिनमा १३ सय वढीको मृत्यु
काठमाडौं, असार २४ : कोरोना भाइरसको महामारीले ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजा....

काठमाडौं, असार २४ : कोरोना भाइरसको महामारीले ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ३१२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ८६८ पुगेको छ । यस्तै एकै दिन ४८ हजार ५८४ जना संक्रमित भएका छन् ।
योसँगै संक्रमित हुनेको संख्या १६ लाख ७४ हजार ६५५ पुगेको छ। ब्राजिलमा अहिलेसम्म १० लाख ७२ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३५ हजार ५५८ जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












