Kathmandu Press

१५ महिनामा विद्युत उत्पादन दोब्बर हुने, १२७० मेगावाट थपिँदै

काठमाडौं, चैत ६ :  अगामी १५ महिनाभित्र १२ सय ७० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । 

यस वर्षको अन्त्यतिर २ सय....

१५ महिनामा विद्युत उत्पादन दोब्बर हुने, १२७० मेगावाट थपिँदै
फाइल फोटो

काठमाडौं, चैत ६ :  अगामी १५ महिनाभित्र १२ सय ७० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । 

यस वर्षको अन्त्यतिर २ सय ८७ मेगावट राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ सम्मको अन्त्यसम्मा थप ९ सय ८३ मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने निश्चित भएको छ ।

हाल नेपालको जडित विद्युत क्षमता ९ सय मेगावट रहेको छ । उर्जा  मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेका अनुसार हालसम्म ४० मेगावट र चालु आर्थिक बर्षमाको अन्यतिर असारमा २ सय ८७ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ ।

Hardik ivf

‘आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा थप ९ सय ८३ मेगावट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ,’ सचिव घिमिरेले भने ।  उनका अनुसार यसवर्ष माथिल्लो त्रिशुली थ्रि ए को ६० मेगावट समेत उत्पादन सुरु हुने भएको छ । विद्युत प्राधिकरण र निजी क्षेत्रले उत्पादन गरिरहेका आयोजनाहरुबाट आगामी वर्ष ९ सय ८३ मेगावट विजुली थप हुने सचिव घिमिरेले जानकारी दिए । २०६७÷७७ सम्ममा २३ वटा आयोजना सम्पन्न हुने छन् ।  

आर्थिक वर्ष २०७७/७८ को अवधिमा नेपाल विद्युत प्राधिकरण र निजी प्रवद्र्धनका निर्माणाधीन १ सय २४ जलविद्युत आयोजनाको विद्युत प्रणालीमा थपिने सचिव घिमिरेले जानकारी दिए ।  

यसवर्ष प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रोसहित निजी क्षेत्रले बनाइरहेका १८ आयोजनाले विद्युत उत्पादन सुरु हुने छ ।

 त्रिशूली ३ ए र कुलेखानीको संरचना परीक्षण सुरु भइसकेको छ । २२ मेगावाटको बागमती, २० मेगावाटको तल्लो मोदी, ६.४ मेगावाटको माथिल्लो मैलुङ ‘ए’, २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’, १२ मेगावाटको नामजूृन मादी, ३.२ मेगावाटको गेलुङ खोला र २५ मेगावाटको काबेली ‘बि’ १ आयोजना विद्युत उत्पादन गर्ने चरणमा पुगेको छ । 

२२ मेगावाटको तल्लो हेवा ए, ८.८ को रुदी ए, ६.६ को रुदी बि, ५ मेगावाटको घलेम्दी, ७ मेगावाटको माथिल्लो खिम्ती–२, ५ मेगावाटको घट्टे खोला, ९.९ मेगावाटको इवा खोला, ७ मेगावाटको माथिल्लो मार्दी र ४.५ मेगावाटको विजयपुर खोला आयोजनाले उत्पादन सुरु गर्दैछन् । आव २०७६÷७७ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित २३ आयोजनाको ९ सय ८३ मेगावाट उत्पादन थपिने छ । 

१ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, १४ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन, ३६ मेगावाटको माथिल्लो बलेफी, २५ मेगावाटको सिंगटी, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ लगायत आयोजनाले विद्युत उत्पादन गर्नेछन् । यसैगरी, आव २०७७÷७८ मा ४ सय ५५ मेगावाटका ३० आयोजना सम्पन्न हुने छ । 

५२.५ मेगावाटको लिखु–४, ५४ मेगावाटको सुपर दोर्दी खोला, २३.५२ मेगावाटको बलेफी ‘ए’लगायत आयोजना यस वर्ष थपिने मन्त्रालयले जनाएको छ । आव २०७७÷७८ मा थपिने ३७ जलविद्युत आयोजना छन् । यी आयोजनाको क्षमता ६ सय ६८ मेगावाट छ । यो वर्ष ८६ मेगावाटको सालु दुधकोसीसहित ४० मेगावाटको राहुघाट, ३७.६ मेगावाटको काबेली ‘ए’, साढे ३८ मेगावाटको माथिल्लो कालंगा गाड, ५० मेगावाटको मेवा खोलालगायत आयोजना छन् ।

कहिले कति विद्युत उत्पादन ?
हालसम्मको उत्पादन -   ९०० मेगावाट
२०७६ असारसम्ममा -   २८७ मेगावाट
२०७७ असारसम्ममा-    ९८३ मेगावाट
२०७८ असारसम्ममा-    ६६८ मेगावाट
जम्मा                           २,८३८ मेगावाट 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, चैत ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्