कोरोना कहर : अमेरिकामा ३० लाख संक्रमित, ब्राजिलमा ६५ हजार वढीको मृत्यु
काठमाडौं, असार २३ : अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा झण्डै ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा कूल सं....

काठमाडौं, असार २३ : अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा झण्डै ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा कूल संक्रमितको संख्या ३० लाख ३९ हजार पुगेको हो । जसमध्ये १ लाख ३२ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने १३ लाख १० हजारभन्दा धेरै उपचारपछि डिस्चार्ज भएका छन् ।
यस्तै, ब्राजिलमा २१ हजार ४ सय संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या १६ लाख २६ हजार पुगेको छ। ब्राजिलमा २४ घण्टामा ६ सय ५६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६५ हजार ५ सय ५६ पुगेको छ ।
भारतमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । हिजो २२ हजार ५ सयभन्दा बढी संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ७ लाख २० हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा पेरुमा १ सय ८३, रसियामा १ सय ३५, मेक्सिकोमा २ सय ७३, इरानमा १ सय ६०, पाकिस्तानमा ५० जनाको मृत्यु भएको छ।
विश्वभर संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार पुग्दा मृतकको संख्या ५ लाख ४० हजार बढी छ। ६६ लाख २३ हजार संक्रमित उपचारपछि स्वस्थ भएका छन्।












