Kathmandu Press

इन्स्टाको एउटै पोस्टबाट एक मिलियनभन्दा बढी कमाउँछन् रोनाल्डो

काठमाडौं, असार २१ : इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन्।

उनको कमाइ एक व....

इन्स्टाको एउटै पोस्टबाट एक मिलियनभन्दा बढी कमाउँछन् रोनाल्डो

काठमाडौं, असार २१ : इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन्।

उनको कमाइ एक विलियनभन्दा बढी छ। एक विलियनभन्दा बढी कमाउने रोनाल्डो एक्ला फुटबलर हुन्। यो सिजनमात्रै रोनाल्डोले १०५ मिलियन डलर आम्दानी गरेका छन्। रोनाल्डोको कमाइको ठूलो हिस्सा तलब हो। यस्तै, स्पोन्सरबाट पनि रोनाल्डोले ठूलो रकम आम्दानी गर्छन्।

Hardik ivf

३५ वर्षको उमेरमा पनि उत्कृष्ट फुटबल खेलिरहेका रोनाल्डोले सामाजिक सञ्जालबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले इन्स्टाग्रामबाट मात्रै वार्षिक ५०.३ मिलियन डलर आम्दानी गर्छन्। रोनाल्डोले इन्स्टामा प्रतिपोस्ट १.१७ मिलियन डलर कमाउँछन्। इन्स्टाग्राममा रोनाल्डोका २२८ मिलियन बढी फलोअर्स छन्। 

इन्स्टाबाट सर्वाधिक कमाइ गर्नेको सूचीमा बार्सिलोनाका कप्तान लियोनल मेसी दोस्रो स्थानमा छन्। इन्स्टाबाट उनको वार्षिक कमाइ ३०.४ मिलियन डलर छ भने प्रतिपोस्ट उनले ०.७६० मिलियन कमाउँछन्। समग्रमा मेसीले यो वर्ष १०४ मिलियन डलर आम्दानी गरेका थिए।

यस्तै, इंग्ल्यान्डका पूर्वफुटबलर डेबिड बेकह्यामले वार्षिक ११.६ मिलियन  र प्रतिपोस्ट ०.३८८ मिलियन कमाउँछन्। फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्ट्राइकर नेमारले इन्स्टाबाट वार्षिक ८.१ मिलियन डलर आम्दानी गछर्नन्। उनले प्रतिपोस्ट ०.७४४ कमाउँछन्। 

यो वर्ष इन्स्टाग्राममा रोनाल्डोका ४३, मेसीका ४०, बेकह्यामका ३० र नेमरका ११ वटा ‘पेड पोस्ट’ थिए।
 

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्