Kathmandu Press

विश्वमा कोरोना कहर : २४ घन्टामा साढे चार हजारले ज्यान गुमाए  

काठमाडौं, असार २१ : अमेरिकामा विगत २४ घण्टामा ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा एकै दिन ४५ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्।

....

पछिल्लो २४ घन्टामा त्यहाँ साढे २ सय मानिसको मृत्यु भएको छ। त्यस्तै, एकैदिन ब्राजिलमा एक हजार भन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ ३५ हजार नयाँ संक्रमित थपिएका छन् । यसैगरी, छिमेकी देश भारतमा हिजो एकैदिन ६१० जनाको मृत्यु भएको छ भने १९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा मेक्सिकोमा ६५४, पेरुमा १८६,रुसमा १६८ र इरानमा १४८ जनाले ज्यान गुमाए । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ लाख ३३ हजार मानिसको मृत्यु भएको छ।  हालसम्म १ करोड १३ लाख ७० हजार भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये साढे ५८ हजार मानिस गम्भिर अवस्थामा उपचार गराइरहेका छन्।  

त्यस्तै ६४ लाख २८ हजार उपचारपछि स्वस्थ भएका समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर साढे चार हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ। १ लाख ८९ हजार ४ सय १३ नयाँ संक्रमित थपिएका छन् । 
 
प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्