अमेरिकामा एकैदिनमा ५४ हजार वढीमा कोरोना
काठमाडौं, असार २० : कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यो समाचार तयार पार्दा पछिल्लो २४ घ....

काठमाडौं, असार २० : कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५८२ पुगेको छ । शनिबार बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६१६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये १२ लाख १० हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका १५ लाख ४७ हजार ५१३ जनामध्ये १५ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति: ०७:२४ बजे, शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












