गोली हानेर विप्लवका दुई कार्यकता पक्राउ
काठमाडौं, चैत ६ : प्रहरी टोलीले गोली हानेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।
मंगलबार....
काठमाडौं, चैत ६ : प्रहरी टोलीले गोली हानेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।
मंगलबार राति काठमाडौंबाट सर्चमा गएको प्रहरी टोलीले काभ्रेको रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गोली हानेर विप्लवका दुई कार्यकर्ता पक्राउ गरेको हो । विप्लव कार्यकर्ताले फायरिङ गरेपछि गोली हान्नु परेको प्रहरीको भनाइ छ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा प्रहरी टोली काफलडाँडा पुगेको थियो । काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्ष रविराज खड्काका अनुसार, गोली हानाहानमा मानवीय क्षति भएको छैन्।
प्रहरीले गोली चलाएपछि विप्लव कार्यकर्ता भाग्न खोजेका थिए । त्यही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । दुवै जनाको नाम भने सार्वजनिक गरिएको छैन्।
काठमाडौंबाट गएको प्रहरी टोली फर्किएपछि काफलडाँडाको अवस्था सामान्य बनेको छ । पक्राउ गरिएका दुवै जनालाई काठमाडौं नै ल्याइएको छ।






