Kathmandu Press

अमेरिकाको टेक्सासमा मास्क अनिवार्य 

काठमाडौं, असार १९ : अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लगाइएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुप....

अमेरिकाको टेक्सासमा मास्क अनिवार्य 

काठमाडौं, असार १९ : अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लगाइएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क प्रयोग अनिवार्य गराएको हो ।

सुरुमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गर्न भनिएको हो ।

Hardik ivf

उनको यो निर्देशन २० भन्दा बढी संक्रमित रहेका राज्यका काउन्टीहरुमा लागू हुन्छ । टेक्सासका २५४ काउन्टी मध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित रहेका छन् । नयाँ आदेशको अवज्ञा गरेर शहरमा मास्क नलगाई हिड्नेलाई २ सय ५० अमेरिकी डलरसम्म जरिवाना तिराइनेछ ।

अमेरिकाका ५० राज्य मध्ये टेक्ससमा सबैभन्दा थोरै २८ दिन मात्रै लकडाउन गरिएको थियो । 

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्