Kathmandu Press

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख नाघ्यो

नयाँ दिल्ली, असार १८ : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा ६ लाख नाघेको छ। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानका....

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख नाघ्यो

नयाँ दिल्ली, असार १८ : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा ६ लाख नाघेको छ। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन्। 

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन्। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ। कुल संक्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। 

Hardik ivf

गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ। प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन्। त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ। कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ।  

त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन्। तमिलनाडुमा संक्रमित मध्ये  १ हजार २६४ जनाको मृत्यु भएको छ।  दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन्। दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्