Kathmandu Press

प्रहरी र विप्लव माओवादीबीच काभ्रेमा दोहोरो फायरिङ

काठमाडौं, र्चैत ५ : प्रहरी र विप्लव माओवादीबीच काभ्रेमा गोली हानाहान भएको छ । विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गर्न पुगेको महानगरीय अपराध अनुसन्ध....

प्रहरी र विप्लव माओवादीबीच काभ्रेमा दोहोरो फायरिङ
फाईल फोटो

काठमाडौं, र्चैत ५ : प्रहरी र विप्लव माओवादीबीच काभ्रेमा गोली हानाहान भएको छ । विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गर्न पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली चलेको काठमाडौं प्रेसलाई बताए । दोहोरो फायरिङ हुदा के कति क्षति भयो भन्ने केही आएको छैन । 

एक हप्ता अधि मात्रै सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीमाथि प्रतिबन्ध लगाएको थियो । 

प्रकाशित मिति: २२:३१ बजे, मंगलबार, चैत ५, २०७५