विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ लाख १८ हजार ८ सय ४३
काठमाडौं, असार १८ : विश्वभर एकै दिन झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ९ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ....

काठमाडौं, असार १८ : विश्वभर एकै दिन झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ९ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर मृत्यु हुनेको संख्या ४ हजार ८ सय ४७ रहेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा मात्रै ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । यसैगरी, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार ४ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ५ हजार ४ सय, भारतमा झण्डै २० हजार जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो तथ्याङक अनुसार विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार नाघेको छ भने संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ जसमध्ये ५९ लाख ३८ हजार संक्रमित उपचारपछि निको भएका छन्।
सबैभन्दा धेरैको संख्यामा कोरोना भाइरसबाट अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा २७ लाख ८० हजार संक्रमितमध्ये १ लाख ३० हजार वढीले ज्यान गुमाईसकेका छन् भने ११ लाख वढी संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै ब्राजिलका १४ लाख वढी संक्रमितमध्ये ६० हजारले ज्यान गुमाए भने ८ लाख वढी निको भए । बेलायतका ३ लाख १३ हजार संक्रमितमध्ये ४३ हजारले ज्यान गुमाईसकेका छन् । भारतमा ६ लाख वढी संक्रमितमध्ये झण्डै १८ हजारले ज्यान गुमाउँदा ३ लाख ५९ हजार निको भएक छन् ।












