Kathmandu Press

आतंककारीको गोलीले बाजेको मृत्यु, छातीमा बसिराखे तीन वर्षीय बालक

काश्मीर, असार १७ : भारतको जम्मु र काश्मीरमा भएको आतंकारी हमालका दर्दनाक तस्बिर बाहिर आएका छन्। आतंकारीको गोलीले मारिएका बाजेको छातीमा बसिरहेका बालकलाई....

आतंककारीको गोलीले बाजेको मृत्यु, छातीमा बसिराखे तीन वर्षीय बालक
एजेन्सी

काश्मीर, असार १७ : भारतको जम्मु र काश्मीरमा भएको आतंकारी हमालका दर्दनाक तस्बिर बाहिर आएका छन्। आतंकारीको गोलीले मारिएका बाजेको छातीमा बसिरहेका बालकलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्।

बुधबार बिहान काश्मीरको बारामुला जिल्लास्थित सोपोर कस्बेमा आतंकारी हमला भएको थियो। सीआरपीएफको पार्टीमा भएको हमलामा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको छ। तीन सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्।

 

आतंकारीको गोली लागी मृत्यु भएको सर्वसाधारणसँगै उनका तीन वर्षीय नाति पनि रहेका थिए। सुरक्षाकर्मीका अनुसार, आतंकारी हमलामा गोली लागेर सर्वसाधारण भूइमा ढलेका थिए। बृद्ध ढलेपछि उनका नातिले केहीबेर बोलाउन खोजेका थिए।

उनी जतिगर्दा पनि नबोलेपछि छातिमा बसे। छातिमै बसेर निकालि रहेका थिए।

मृतक बाजेको छातिमा बसिरहेको बालकलाई सुरक्षाकर्मीले देखेपछि आफूतिर बोलाएका थिए। उनी पनि बाजेको छातिबाट ओर्लेर सरासर सुरक्षाकर्मीतिर गए।

उनलाई सुरक्षाकर्मीले सुरक्षित रुपमा आफूसँगै लगेका थिए। त्यहाँबाट निकालेर सुरक्षाकर्मीको गाडीमा राखेका थिए। उनी गाडीमा आएपछि भने रुन थालेका थिए।

उनको अवस्था सामान्य रहेको जनाएको छ। उनलाई कुनै चोटपकट लागेको छैन।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्