Kathmandu Press

राजधानी तेहरानको स्वास्थ्य क्लिनिकमा विस्फोट, १९ जनाको मृत्यु

तेहरान, असार १७ : इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ। 

इरानी आपतकालीन सेवाका अ....

राजधानी तेहरानको स्वास्थ्य क्लिनिकमा विस्फोट, १९ जनाको मृत्यु
Hardik ivf

तेहरान, असार १७ : इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ। 

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन्। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। विस्फोटपछि आगलागि भएको थियो।

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए। उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको जनाएको छ। 

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्