यातायात विभाग अगाडि ट्याक्सी चालकको प्रदर्शन
काठमाडौं, असार १७ : लकडाउनका कारण दैनिकी कष्टकर बनेको जनाउँदै ट्याक्सी चालकले प्रदर्शन गरेका छन्।
बुधबार उनीहरुले यातायात व्यवस्था विभाग अगा....
काठमाडौं, असार १७ : लकडाउनका कारण दैनिकी कष्टकर बनेको जनाउँदै ट्याक्सी चालकले प्रदर्शन गरेका छन्।
बुधबार उनीहरुले यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन गरेका हुन्। सुरक्षित रुपमा ट्याक्सी चलाउनु पाउनुपर्ने, लकडाउन अवधिको बैंकले ब्याज मिनाहा गर्नुपर्ने, सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।
ट्याक्सी चालकहरुले मंगलबार पनि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आज भने उनीहरु यातायात व्यवस्था विभाग अगाडि नै प्रदर्शनमा उत्रिएका हुन्। माग पूरा नहुँदासम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन्।
प्रकाशित मिति: १३:०० बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेले बुझेन महानगरको जरिवाना पत्रआइतबार, मंसिर ९, २०८१
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनितआइतबार, मंसिर ९, २०८१
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामाआइतबार, मंसिर ९, २०८१