Kathmandu Press

काठमाडौंमा पनि बर्ड फ्लू, टोखा र तारकेश्वर संक्रमित क्षेत्र

काठमाडौं, चैत ५ : काठमाडौंमा पनि बर्ड फ्लू देखिएको छ । टोखा र तारकेश्वर नगरपालिकालाई बर्ड फ्लू संक्रमण क्षेत्र घोषणा गरिएको छ।

पशुसेवा विभाग....

काठमाडौंमा पनि बर्ड फ्लू, टोखा र तारकेश्वर संक्रमित क्षेत्र

काठमाडौं, चैत ५ : काठमाडौंमा पनि बर्ड फ्लू देखिएको छ । टोखा र तारकेश्वर नगरपालिकालाई बर्ड फ्लू संक्रमण क्षेत्र घोषणा गरिएको छ।

पशुसेवा विभागका अनुसार, तारकेश्वर र टोखा क्षेत्रमा २५ हजार कुखुरामा बर्ड फ्लू भेटिएको छ । तारकेश्वर र टोखालाई संक्रमित क्षेत्र क्षेत्र घोषणा गरेर भेटेरिनरी तथा चिकित्सकको टोली खटाइएको विभागले जनाएको छ।

अहिलेसम्म मकवानपुर, काठमाडौं, कास्की र चितवनमा बर्ड फ्लू संक्रमणबाट ६७ हजार कुखुरा मरेको विभागले जनाएको छ । मकवानपुरमा मात्रै ४२ हजार कुखुरा बर्ड फ्लूका कारण मरेका छन्।

पशुसेवा विभागका प्रवक्ता डा.चन्द्र ढकालका अनुसार संक्रमण अन्य क्षेत्रमा फैलन नदिनको लागि संक्रमित क्षेत्र घोषणा गरिएको हो । काठमाडौंका अन्य भागमा फैलन नदिन उच्च सर्तकता अपनाएको ढकालले बताए।

प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, चैत ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्