Kathmandu Press

चिनी खाए मुटु वरपर बोसो जम्ने

चिनी मुटुका लागि हानिकारक छ। ट्राइग्लिसराड प्रशोधन गर्ने शरिरको क्षमतामा बाधान पुर्यानउने मात्रै नभएर यसले तौल पनि बढाउँछ। पछिल्लो अनुसन्धानमा चिनी सेवनले मुटु वरपर बो....

चिनी खाए मुटु वरपर बोसो जम्ने

चिनी मुटुका लागि हानिकारक छ। ट्राइग्लिसराड प्रशोधन गर्ने शरिरको क्षमतामा बाधान पुर्यानउने मात्रै नभएर यसले तौल पनि बढाउँछ। पछिल्लो अनुसन्धानमा चिनी सेवनले मुटु वरपर बोसो पनि जम्ने देखाएको छ।

युरोपियन जर्लन अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित अध्ययन अनुसार चिनी सेवनले मुटु वरपर र पेटमा बोसो जम्ने देखिएको छ। दुवै स्वास्थ्यका लागि जोखिमपूर्ण छ।

“अत्यधिक चिनी सेवन गरेपछि अधिक चिनी बोसोमा परिणत हुन्छ र शरिरले भण्डार गर्छ। मुटु वरपर र पेटमा हुने बोसोले स्वास्थ्यक लागि हानिकारक रसायन उत्पादन गर्छ,” अमेरिकाको मिन्नेसोटा विश्वविद्यालयका सो युन यीले बताए। “हाम्रो अनुसन्धानले चिनी सेवन सिमीत गर्नुपर्ने निष्कर्ष निकालेको छ,” यीले बताए।

Hardik ivf

कोला र फलफूलका प्रशोधित जुस चिनीले भरिएको हुन्छ । अनुसन्धाताले सफ्ट ड्रिङ्क्स, फ्रुट ड्रिङ्क्स, इनर्जी ड्रिङ्क्सलगायत खाना र पेय पदार्थ लामो समयसम्म अध्ययन गरे। यसले मुटु र अन्य अंग वरपर बोसो जम्ने देखिएको छ।

अनुसन्धानका लागि आवश्यक तथ्याङ्क कोरोनरी आर्टरी रिस्क डिभेलोप्मेन्ट इन योङ एडल्ट्स (कार्डिया) बाट लिइएको थियो। यो अमेरिकाको अलाबामा, क्यालिफोर्निया, इलिनोइ र मिन्नेसोटामा जारी अध्ययन हो। अध्ययनमा १८ देखि ३० वर्षका तीन हजार ७० जना स्वस्थ व्यक्ति सहभागी थिए।

जति बढि चिनी मुटु वरपर त्यति नै धेरै बोसो

अध्ययनमा बीस वर्षसम्म (सन् १९८५ २००५) खाना र पेय पदार्थ खपत तीन पटक मापन गरियो। पच्चिस वर्षपछि सन् २०१० मा छाती र पेटको कम्प्युटेड टोमोग्राफी (सिटि) स्क्यान गरेर पेट र मुटु वरपर जमेको बोसोको परिमाण नापियो।

बीस वर्षको अवधिमा खपत गरिएको चिनी र जीवनो उत्तरार्द्धमा जमेको बोसोबीच सम्बन्ध भएको अनुसन्धाताले पत्ता लगाए। चिनी लगाएका पेय पदार्थको अत्यधिक खपतले पनि शरिरका अंगमा बोसो धेरै जम्ने देखियो।

मिन्नेसोटा विश्वविद्यालयकी डा.लिन स्टेफन भनिन्,“यसर जमेको बोसोले मुटु रोग र मधुमेहको जोखिम धेरै बढ्छ।” अनुसन्धाताले प्रत्येक दिन सेवन गर्ने चिनीको मात्रा घटाउन सल्लाह दिएका छन्। “चिनी भएको पेय पदार्थभन्दा पानी सेवन गर्नुहोस्। केकजस्ता चिनी राखिएका परिकारभन्दा स्वस्थ खाना खानुहोस्,” अनुसन्धाताले भने।
 

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्