Kathmandu Press

शेयर बजार बढ्दो प्रवृत्तिमा, संकेतहरु सकारात्मक

काठमाडौं, असार १६ : कोरोना भाइरसका कारण तीन महिना पछि खुलेको बजार दोस्रो दिन ६ प्रतिशत वृद्धि हुँदै बीचमा नै बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ....

शेयर बजार बढ्दो प्रवृत्तिमा, संकेतहरु सकारात्मक

काठमाडौं, असार १६ : कोरोना भाइरसका कारण तीन महिना पछि खुलेको बजार दोस्रो दिन ६ प्रतिशत वृद्धि हुँदै बीचमा नै बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ६.०६ ले वृद्धि  भएर १२६०.७५ को विन्दुमा बन्द भएको छ।

११८७.२६ को विन्दुमा खुलेको दोस्रो बजारको अन्तिम विन्दु नै उच्च विन्दु रहेको थियो। यसले बजारको अन्तिम समयसम्म माग बढी रहेकाले बजार सकारात्मक रहेको र अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने संकेत गर्दछ।   

बजारको न्यून विन्दु ११८५.७० रहँदा २२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको ३ करोड ६४ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र शिवम सिमेन्ट्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ९५ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार अघिल्लो कारोबार दिन बजारले ११५० मा टेवा प्राप्त गरेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। हिजोको मैनबत्तीले ‘हतौडा’ आकृति बनाएको थियो। यो आकृति मुख्य टेवा क्षेत्रमा रहेकाले यसलाई ‘बुलिस पिन बार’ भन्ने पनि गरिन्छ। यो अत्यन्तै बलियो र प्रभावकारी आकृति हो र आजको मैनबत्तीले ‘बुलिस मारुबोजु’ को आकृति बनाएको छ, जसले हिजोको मैनबत्तीलाई समर्थन गरेको छ। यी दुई मैनबत्तीहरुले केही समयका  लागि बजार बढ्न सक्ने संकेत गर्दछ। आज बजार ६.०६ प्रतिशतले बढेर सर्किट लागेबापत एक बजे बजार बन्द भएकाले गर्दा आजको परिमाण कम हुन गएको छ।  

चित्र नं. २  

चित्र नं.२ मा, आजको कारोबार दिनको प्रवृत्ति देखाइएको र यसले बजार खुलेदेखि अन्तिम समयसम्म क्रेताको चाप रहेको संकेत गर्नुका साथै बजारमा आपूर्तिभन्दा माग बढी रहेको देखिन्छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार हाल सकारात्मक रहेको र यदि बजार १२८० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने प्रवल संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १३५० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२०० भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक क्षेत्रमा हुन सक्ने संकेत गर्दछ। 
 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्