Kathmandu Press

बुद्ध एयरले भित्र्यायो १२औं एटीआर जहाज

काठमाडौं, चैत ५ : बुद्ध एयरले १२औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको जहाज सोमबार भित्र्याएको ह....

बुद्ध एयरले भित्र्यायो १२औं एटीआर जहाज
काठमाडौं प्रेस

काठमाडौं, चैत ५ : बुद्ध एयरले १२औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको जहाज सोमबार भित्र्याएको हो।

‘नाइन एन एएमवाई’ कलसाइन रहेको जहाज सोमबार बेलुकी ८ः३० बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कम्पनीसँग थपिएको जहाजसहित सात वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुइटा बिचक्राफ्ट १९०० डी रहेका छन्।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने जनाएको छ।

बुद्ध एयर आगामी जेठ १३ देखि एटिआर ७२–५०० बाट भारतको कोलकत्ता पनि उडान भर्दैछ । भारतीय तथा नेपाली यात्रुको लागि हवाइ टिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ।

 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, चैत ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्