Kathmandu Press

श्रीमती हत्या अभियोगमा अदालतबाट धरौटीमा छुटेका युवाले गरे दुई बहिनीको हत्या

हैदराबाद, असार १६ : भारतको हैदराबादमा अहमद बिन सलाम बा इस्माइल नाम गरेका एक व्यक्तिले परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गरेका छन्। सोमबार स....

श्रीमती हत्या अभियोगमा अदालतबाट धरौटीमा छुटेका युवाले गरे दुई बहिनीको हत्या

हैदराबाद, असार १६ : भारतको हैदराबादमा अहमद बिन सलाम बा इस्माइल नाम गरेका एक व्यक्तिले परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गरेका छन्। सोमबार साँझ हतियारद्वारा परिवारका सदस्यमाथि आक्रमण गर्दा दुई बहिनीको ज्यान गएको छ। 

उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ। श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए। उनी पछि धरौटीमा रिहा भएका थिए। त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार युवले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका थिए। तर उनको आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको छ। साथै परिवारका अन्य सदस्यहरुको अवस्था गम्भीर रहेको छ। 

उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, असार १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्