भारतमा कोरोनाले १६ हजार वढीले गुमाए ज्यान
काठमाडौं, असार १६ : भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भए....

काठमाडौं, असार १६ : भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ । यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












