पूर्वएसपी बिष्ट पनि अदालतमा हाजिर, आजै बयान लिइने
महेन्द्रनगर, चैत ५ : निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा तत्कालीन एसपी डिल्लीराज बिष्ट पनि अदालतमा हाजिर भएका छन्।
उनी मंगलबार बिहान कञ....
महेन्द्रनगर, चैत ५ : निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा तत्कालीन एसपी डिल्लीराज बिष्ट पनि अदालतमा हाजिर भएका छन्।
उनी मंगलबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएको हुन् । मिडियामा फरार भन्ने समाचार आएपछि अदालतमा उपस्थित भएको पूर्वएसपी बिष्टको भनाइ थियो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । उनको हत्यारा नौ महिनासम्म पनि पक्राउ परेका छैनन्।
घटनाका प्रमाण नष्ट गरेको आरोपमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले बर्खास्त गरेको थियो।
प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी आमा दुर्गाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसका आधारमा कञ्चनपुर प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
जसमा जिल्ला अदालतले ६ जना प्रहरी कर्मचारीलाई धरौटीमा रिहा गरेको थियो।
उनीहरूमध्ये डिएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकेन्द्र खड्काले नौ/नौ लाख, अर्का इन्स्पेक्टर जगदिश भट्टले चार लाख, सई हरसिंह धामी तीन लाख ५० हजार, रामसिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख ५० हजार धरौटी बुझाएका थिए।
तत्काली एसपी बिष्ट र डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका थिएनन् । उनीहरूलाइृ ३५ दिनभित्र उपस्थित हुन अदालतले पत्र काटेको थियो।
सोही पत्रका आधारमा पूर्वएसपी बिष्ट अदालतमा उपस्थित भएको जनाएको छ । उनको आजै बयान लिइने रजिष्ट«ार हरिकृष्ण अवस्थीले बताए । उनको बयान आज नै सकिए, थुनछेकको बहस पनि हुने छ । थुनछेक बहस सकिएपछि आजै या भोली जेल चलान गर्ने वा अरुजस्तै धरौटीमा रिहा गर्ने आदेश दिने छ।






