नेपालमा ओयोको फ्रेन्चाइज १५० होटलमा, १५ शहरमा विस्तारको लक्ष्य
काठमाडौं, चैत ५ : दक्षिण एशियाकै सबैभन्दा ठूलो चेन होटल ओयो पनि नेपाल प्रवेश गरेको छ । ओयो नेपालका एक सय ५० वटा होटलसँग आवद्ध भएको छ।
आयोले ....

काठमाडौं, चैत ५ : दक्षिण एशियाकै सबैभन्दा ठूलो चेन होटल ओयो पनि नेपाल प्रवेश गरेको छ । ओयो नेपालका एक सय ५० वटा होटलसँग आवद्ध भएको छ।
आयोले सन् २०१९ भित्र नेपालका १५ शहरमा फ्रेन्चाईज विस्तार गर्ने लक्ष्य लिएको छ । जसअनुसार, अहिले दुई हजार पाँच सय रुम क्षमता विस्तार गरिसकेको जनाएको छ।
चीनको उत्कृष्ट चारमध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेन्चाईज होटल र घरहरू तथा गुणस्तरीय आवास ओयोले १४ दिनभित्र होटल नवीकरण र रुपान्तरण गरेर नयाँ मापदण्ड स्थापना गरेको समेत जनाएको छ । जसले अहिलेको उद्योगहरूको ९० दिनसम्मको मापदण्डलाई चुनौति दिएको छ।
भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय बजारमा सिभिल ईन्जिनियर र डिजाईनर गरेर एक हजार दुई सयभन्दा बढि ओयोप्रेनरको बलियो ग्लोबल टोली रहेको छ । ओयोले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा र भक्तपुरमा जोडतोडले सेवा विस्तार गरिरहेको जनाएको छ।
ओयोका होटलहरूमा आरामदायी कोठा, निःशुल्क बिहानको खाजा, दागरहित सफा बिछ्यौना, निःशुल्क वाईफाई र चौबिसै घण्टा सेवा सुविधाहरू उपलब्ध हुने दावी छ । ओयो होटलका कोठाको मूल्य नौ सय ९९ रुपैयाँदेखि शुरु हुन्छ । ओयोले ‘भिजिट नेपाल २०२०’ का लागि पनि विशेष रुपले तयारी गरिरहेको जनाएको छ।











