Kathmandu Press

कोरोना भाइरसको रोकथाममा सरकारले सक्दो प्रयास गरेको छ : भारतीय गृहमन्त्री शाह

नयाँ दिल्ली, असार १५ : भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रुपमा काम गरेको बताएका छन्। उनले राजधानीमा ....

कोरोना भाइरसको रोकथाममा सरकारले सक्दो प्रयास गरेको छ : भारतीय गृहमन्त्री शाह

नयाँ दिल्ली, असार १५ : भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रुपमा काम गरेको बताएका छन्। उनले राजधानीमा निकै विस्फोटक रुपमा संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा सरकारले ध्यान दिएको बताए। 

उनले संक्रमणको रोकथामका लागि आवश्यक मात्रामा सरकारले काम गरेको भन्दै सरकारले रोगविरुद्ध लड्न पूर्वाधार निर्माणको काम गरेको बताए। उनले सरकारले अस्पताल, बेडहरु र उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने जानकारी दिए। 

Hardik ivf

उनले यस महिनाको अन्त्यसम्ममा राजधानी सहर दिल्लीका लागि कम्तीमा पनि ३० हजारजति बेड उपलब्ध हुने गरी सरकारले काम गरेको बताए। सरकारले कम्तीमा पनि ८ हजार जति बेडहरु रेलका डिब्बामा तयार पारिएको बताए। 

सरकारले रेलका डिब्बाहरुलाई पनि आइसोलेसन बेड र उपचार कक्षकै रुपमा विकास गरेको भन्दै आइसियु चाहिने बिरामीलाई मात्र अस्पताल लगे हुने अवस्था बनाइएको बताए। यो जुन महिनाको अन्त्यसम्ममा दिल्लीमा मात्र कम्तीमा पनि २५० ओटा भेन्टिलेटरसहितका आइसियु बेड निर्माण गरिदिने जानकारी पनि मन्त्री शाहले दिए। 

उनले सरकारले कोरोना भाइरसका विरुद्धमा कडा रुपमा लडिरहेको धारणा पनि राखे। उनले भने, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ। उनले दिल्ली सरकारले पनि यहाँको अस्पतालको व्यवस्था राम्रो हुन नसकेको विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। 

दिल्लीका अस्पतालहरुले आफूखुशी उपचार खर्च लिने गरेको भन्दै ती अस्पतालले धेरै उपचार खर्च लिएका र अरु पनि राम्रो व्यवस्था गर्न नसकेको भन्दै कैयौँ गुनासोहरु आएकोले त्यस विषयमा ध्यान दिन पनि आग्रह गरे।

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्