भारतमा एकैदिनमा १९ हजार बढीमा कोरोना
काठमाडौं, असार १५ : भारतमा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार ६२० जनामा संक्रमण पुष्टि भए....

काठमाडौं, असार १५ : भारतमा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार ६२० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १९७ पुगेको हो ।
यस्तै एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ३ लाख २१ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:३६ बजे, सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












