Kathmandu Press

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, असार १४ : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले अस....

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, असार १४ : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले असार १६ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ।

कांग्रेसले १४ औं महाधिवेशन आउँदो फागुन ७ देखि १० मा गर्ने निर्णय यसअघि नै गरिसकेको छ। तर, कोरोनाको महामारी फैलिँदै गएपछि महाधिवेशनको कार्यतालिकाबारे आइतबार बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो। 

कोरोनाको महामारी फैलिँदै गएपछि कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै स्थगित भएका छन्। मंगलबार बोलाइएको केन्द्रीय समितिको बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमै छलफल केन्द्रित हुने बताइएको छ।
 

प्रकाशित मिति: १८:५० बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्