Kathmandu Press

गुठीको जग्गा संरक्षण गर्न सरकार गम्भीर छ :  मन्त्री अर्याल 

काठमाडौं, असार १४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गा संरक्षण गर्न सरकार लागि परेको बताएकी छिन्। <....

गुठीको जग्गा संरक्षण गर्न सरकार गम्भीर छ :  मन्त्री अर्याल 

काठमाडौं, असार १४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गा संरक्षण गर्न सरकार लागि परेको बताएकी छिन्। 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथि आइतबार समितिले गरेको छलफलमा मन्त्री अर्यालले गुठीका जग्गा संरक्षण गर्न लागि परेको बताएकी हुन्।

गुठी संरक्षण गर्न नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्या्उँदै उनले त्यो अहिले फिर्ता भएपनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताइन्। गुठीमा राज्यले सिधैँ हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै उनले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढंगले नै व्यवस्थित गर्नु पर्ने बताइन्।

मन्त्री अर्यालले भनिन्, 'अरु सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सिधैँ हस्तक्षेप गर्न सक्दैन।' पुर्खाहरुले परोपकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको भन्दै उनले पुर्खाले गरेको दान अहिले विभिन्न व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने र आफ्नो बनाउने काम भइरहेको बताइन्।

मुलुकभरकै गुठीका जग्गा असुरक्षित भएको भन्दै उनले अतिक्रमण भएका जग्गा फिर्ता ल्याउन सरकार लागिरहेको बताइन्। गुठीका जग्गासँग जोडिएका मोहीको हक स्थापित गर्नुपर्ने भन्दै मन्त्री अर्यालले मर्कामा परेका किसानलाई न्याय दिनुपर्ने ठूलो जिम्मेवारी रहेको बताइन्। 

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्