Kathmandu Press

विप्लव समूहका नगर इञ्चार्जसहित ६ जना पक्राउ

अत्तरीया, असार १४ : कैलालीमा नेत्रविक्रम चन्द 'विप्लव' समूहका प्रमुखसहित ६ जना पक्राउ परेका छन्। सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इ....

विप्लव समूहका नगर इञ्चार्जसहित ६ जना पक्राउ

अत्तरीया, असार १४ : कैलालीमा नेत्रविक्रम चन्द 'विप्लव' समूहका प्रमुखसहित ६ जना पक्राउ परेका छन्। सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन्।

विप्लव समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता विष्टले बताए।

पक्राउ परेका प्रमुख विक हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका अभियुक्तसमेत हुन्।

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्