रौतहटका चार जनप्रतिनिधिसहित २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १४ : कोरोना संक्रमितको सबैभन्दा बढी संख्या प्रदेश २ मा छ। प्रदेश २ मा पनि सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो रौतहट।
रौ....

काठमाडौं, असार १४ : कोरोना संक्रमितको सबैभन्दा बढी संख्या प्रदेश २ मा छ। प्रदेश २ मा पनि सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो रौतहट।
रौतहटमा पछिल्लो समय जनप्रतिनिधिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका दुई नगरपालिकालाई स्थानीय प्रशासनले आइतबारदेखि अर्काे सूचना नभएसम्मका लागि सिल गरेकाे छ।
शनिबार रौतहटका २४ जनामा कोरोना पुष्टि भएको थियो। त्यसमध्ये बौधीमाई नगरपालिकाका दुई वडाध्यक्ष, दुई कार्यपालिका सदस्य, दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र सात कर्मचारी छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बौधीमाईका १४ जनामा कोरोना पुष्टि भएको बताए।
संक्रमितलाई नगरपालिकाद्वारा निमार्ण गरिएको आइसोलेसनमा राखिएको छ।
जनप्रतिनिधि र कर्मचारीमा संक्रमण पुष्टि भएपछि बौधीमाई र ईशनाथ नगरपालिका सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।








-1792413548.jpeg)


