Kathmandu Press

प्रधानमन्त्री ओलीलाई हटाउनेबारे सोच्नु पनि अपराध हो : राज्यमन्त्री दुगड  

काठमाडौं, असार १४ : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु अपराध हुने र पाप ल....

प्रधानमन्त्री ओलीलाई हटाउनेबारे सोच्नु पनि अपराध हो : राज्यमन्त्री दुगड  

काठमाडौं, असार १४ : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो। पाप लाग्छ।’ राज्यमन्त्री दुगडले प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे। 

‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो,’दुगडले भने। उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे। 

मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे।

उनले भने,‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ। प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन। प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ?  प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ। भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ। प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ।’ 

उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे। 
 

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्