प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १४ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ७ महिला....

काठमाडौं, असार १४ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ७ महिला र २० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
मोरङको १७, झापाको दुई, उदयपुरको ६, इलामको एक र सुनसरीको एक जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु भारतबाट स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ।
प्रकाशित मिति: १७:४९ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1792413548.jpeg)


